काठमाडौ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।
नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।