November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

क्यानाडाद्धारा नेपाललाई ८१ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । 

ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुदै ८० रन जोड्यो । 

क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । 

Advertisement

कप्तान नभनित धलिवालले १८ रन जोडे । 

रयान पठानले १४ रनको योगदान गरे । 

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । 

अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे । 

कुशल मल्लले एक विकेट लिए ।