आइसिसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो ।
युएईका लागि ओपरन मोहमद वासीमले े ७० रन जोडे ।४८ बलमा ४ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनास बोहराले १७औं ओभरमा आरिफ शेखबाट क्याच गराएका थिए । नेपालविरूद्ध युएईले पहिलो ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ५८ रन जोड्यो ।
युएईका ओपनिङ ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले ४ रनमा बोल्ड गरेका थिए । यद्यपी जितेन्द्रले चौथो ओभरमा उनले १८ रन खर्चिए । यो ओभरमा उनले दुई चौका र एक छक्का दिए ।
यस्तै विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले ४६ रन जोडे । २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए । त्यस्तै जितेन्द्रले १८ ओभरमा बासिल हमिदलाई २ रन र जाफर फइदलाई ११ रनमा आउट गरेका थिए । बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।
आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।