November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

कतार विश्वकपमा प्रयोग हुने बल सार्वजनिक

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक भएको छ । आयोजक कतारले बुधबार विश्वकपमा प्रयोग हुने आधिकारिक बल सार्वजनिक गरेको हो ।

एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको  अरबी अर्थ ‘यात्रा’ हुन्छ ।

कतार विश्वकप आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुनेछ । यस संस्करणको विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।

Advertisement

हालसम्म २७ राष्ट्र विश्वकपका लागि छनोट भईसकको छ ।

May be an image of outdoors and monument