November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

बराबरीमा रोकियो मिलान

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।

मिलान घरेलु मैदानमै बराबरीमा रोकिएको हो । बलमा पोसेसनमा पकड जमाएपनि मिलानले गोल गर्न सकेन । बोलोग्नाले पनि गोलको केहि मौकालाई सदुपयोग गर्न सकेन ।

यस बराबरीसँगै मिलानले ३१ खेलमा ६७ अंक जोडेको छ । मिलान शीर्ष स्थानमा यथावत रहेको छ ।

Advertisement

बोलोग्ना ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।