July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

एट्लेटिकोमाथि सिटीको जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले जित निकालेको छ।

मंगलबार राति भएको खेलमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनले निर्णायक गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका थिए ।

Advertisement

Image

यस जितसँगै सिटीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । एट्लेटिकोलाई भने दोस्रो लेगमा जित्नै पर्ने बाध्यता भएको छ ।

दोस्रो लेग एट्लेटिकोको मैदानमा आगामी अप्रिल १३ मा हुनेछ ।

Image