November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

पीएसजीको जितमा नेयमार र एमबाप्पेको ह्याट्रिक

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ।

शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६-१ गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।

खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो । १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

Advertisement

खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २-१ को स्थितिमा ल्याए ।

Image

७१ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । खेलको ७४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी ४-१ ले अघि रह्यो ।

८० औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६-१ गोलको जित दिलाए ।

यस जितसँगै पीएसजीले ३१ खेलमा ७१ अंक जोडेको छ । पीएसजीले लिगमा १५ अंकको अग्रता बनाएको छ ।

क्लेरमोन्ट २८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।