November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

चेल्सी र युनाईटेडको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।

बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् ।

युनाईटेडको मैदानमा सुरुआती अग्रता भने चेल्सीले बनाएको थियो ।

Advertisement

मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

Image

तर, ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै चेल्सीले ३३ खेलमा ६६ अंक जोडेको छ ।

चेल्सी तेस्रो स्थानमा रहेको छ ।

युनाईटेड ३५ खेलमा ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Image