November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

लिभरपुलको पुनरागमन जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ ।

लिभरपुलले मंगलबार राति पुनरागमन गर्दै साउथह्याम्पटनलाई २-१ गोल अन्तरले हराएको छ ।

लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनो र जोएल माटिपले एक एक गोल गरे ।

Advertisement

खेलको १३ औं मिनेटमा नाथन रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, २७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

यस जितसँगै लिभरपुलले उपाधिको होड कायम राखेको छ ।

लिभरपुलले ३७ खेलमा ८९ अंक जोडेको छ ।

लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

साउथह्याम्पटन ४० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।