काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत महिलातर्फको २१.१ किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम भएकी छिन् । पछाईंले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरेकी हुन् ।
त्यस्तै सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी १ घण्टा २२ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन् भने नेपाल पुलिस क्लबकी रोवा विष्टले १ घण्टा ३० मिनेट ४२ सकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो, त्रिभुवन आर्मी क्लबकी निर्मला केसी चौथो र पाँचौँ हुने विन्द्रा श्रेष्ठ र छैटौँ हुने आर्मीकी गीता विकले क्रमशः १ घण्टा ३१ मिनेट १३ सेकेन्ड, १ घण्टा ३३ मिनेट २७ सेकेन्ड र १ घण्टा ३६ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् ।
कान्तिपुर हाफ म्याराथनको २१.१ किमि विधामा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमश ः ५० हजार, ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।