November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिमा बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिमा बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार मलेसियाको किनरारा ओभलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

Advertisement