November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

नाडाल अन्तिम १६ मा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शनिबार राति इटालीका लोरेन्जो सोनेगोलाई हराउँदै नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

दोस्रो वरियताका नाडालले लोरेन्जोमाथि ६-१,६-२ र ६-४ को सेटमा जित निकाले । ३६ वर्षीय नाडालको यो ३ सय ८ औं ग्रान्डस्लाम जित हो ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।अब नाडालले नेदरल्यान्ड्सका बोटिक भान डीसँग खेल्ने छन् । पुरुषतर्फ नै निक क्रिगोसले स्टेफानोस सित्सिपासलाई पराजित गरे ।

Advertisement

महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेक तेस्रो चरणबाट बाहिरिएकी छिन् ।