November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

सिसेःक्पा कप पुरुष फुटसल प्रतियोगिता–२०७९ सम्पन्न

काठमाडौं । याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितिले आयोजना गरेको तेस्रो संस्करणको ‘सिसेःक्पा कप पुरुष फुटसल प्रतियोगिता–२०७९’ सम्पन्न भएको छ । प्रतियोगिता काठमाडौं शान्तिनगरस्थित फुटसलमा सम्पन्न भएको हो ।

‘पहिचान र अस्तित्व बचाऔँ, सम्पूर्ण याक्थुङ युवाहरू एक हौ’ भन्ने नाराका साथ सम्पन्न उक्त प्रतियोगितामा ४५ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा काठमाडौंका याक्थुङ युथ एसोसिएसन उप बिजेता भएको छ भने बुद्धिग्राम सातदोबाटोका सेभेन वेज् युनाइटेड फुटसल क्लब विजेता बन्न सफल भएको छ ।

विजेताले ट्रफीसहित रू. ५५,५५५ नगद प्राप्त गर्नेछ भने उपविजेताले ट्रफिसहित रू. ३३,३३३ नगद प्राप्त गर्नेछ । त्यसैगरी उत्कृष्ट किपर, उत्कष्ट डिफेन्स र उत्कृष्ट खेलाडीले पनि ट्रफीसहित नगद प्राप्त गर्ने मञ्चकी अध्यक्ष संगीता सुहाङले जानकारी दिइन् ।

Advertisement

विजेता समूह ।