July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

टी-२० क्रिकेट: कुसल मल्लको सतकमा नेपालद्वारा मंगोलियालाई ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा नेपालले मंगोलियालाई ३१५ रनको लक्ष्य दिएको छ। हाङझाउ क्रिकेट ग्राउन्डमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको क्षतिमा ३१४ रन बनाएको हो।

 मंगोलियाविरूद्धको खेलमा नेपालका लागि कुशल मल्लले शतक प्रहार गरे । उनले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै १३७ रन बनाए भने नेपाली खेलाडीले जम्मा २६ छक्का र १४ चौका प्रहार गरे। जसमा कप्तान रोहित पौडेलले ६ छक्का र २ चौका प्रहार गर्दै ६१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्का हान्दै ५२ रन बनाए।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले भने बाउन्ड्री प्रहार गर्न सकेनन्। कुशल १९ र आशिफ १६ रन बनाउँदै आउट भएका थिए।

Advertisement