August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

त्रिवि क्रिकेट स्टेडियम क्यानलाई हस्तान्तरण

२०८२ कार्तिक ३०

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गरेको छ। प्रथम चरणमा निर्मित प्यारापिट र फ्लडलाइट दुवै काम सकिएपछि सञ्चालनका लागि क्यानलाई हस्तान्तरण गरिएको हो।

रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ। यो रंगशालामा सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदै छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री कुलमान घिसिङले स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको बताए । पहिलो चरणको निर्माण सम्पन्न भएको बताउदै उनले उत्साहित भएको पनि बताए ।

Advertisement

एनपीएल आयोजना सुरु हुनु अगावै सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षण गर्न आएको उल्लेख गर्दै उनले यो पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् ।

मन्त्री घिसिङले निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न लगातार आग्रह गरेको र त्यसअनुरूप समयमा सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिए ।