काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतको गोवामा हुने वुमेन्स साफ च्याम्पियनसिप २०२६ का लागि २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेको छ ।
टिमको कप्तानमा एन्जिला सुब्बा रहेकी छिन् भने गोलरक्षकमा अञ्जना रानाामगर र उषानाथ रहेका छन् । यस्तै डिफेन्डरमा पूजा राना, गीता राना, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र सविना चौधरी छन् ।
यस्तै मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, विर्सना चौधरी, अनिता वस्नेत, अनिता लामजेल र अनिता केसी छन् । फरवार्डमा भने रश्मिकुमारी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा रहेका छन् ।
प्रतियोगिता मे २५ बाट सुरु हुनेछ ।