सुनसरी । नेपाली क्रिकेटका अम्पायर भाष्कर अर्यालको निधन भएको छ । विराटनगर–४ निवासी ४६ वर्षीय अर्यालको आइतबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ ।
एक महिनादेखि जण्डिस रोगबाट पीडित अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनको दुई सातासम्म अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकले थप उपचार सम्भव नरहेको जानकारी दिएपछि गत आइतबार आफन्तले उनलाई घर फर्काएका थिए ।
घरमै उपचार र हेरचाहका क्रममा आइतबार बिहान उनको निधन भएको हो ।
अर्याल दुई दशकदेखि क्रिकेट अम्पायरको भूमिकामा सक्रिय रहँदै आएका थिए । उनले स्थानीयदेखि विभिन्न प्रतियोगितामा अम्पायरिङ गर्दै क्रिकेट खेलको विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।
उनी क्रिकेटका लेभल–वान अम्पायर थिए ।
अर्यालको आजै दिउँसो विराटनगरस्थित परोपकार घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।