काठमाडौं । सिंगापुरमा आजदेखि सुरु भएको एसियन गेम्स पुरुष ट्वान्टी–ट्वान्टी छनोटमा नेपालले चीनलाई ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२९ रनको पारी खेले । मात्र ४३ बल खेलेका उनले १६ छक्का र ५ चौका प्रहार गरे ।
यस्तै कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । मल्लले अविजित ४७ बलमा ८५ रन बनाए । उनले त्यसक्रममा ८ चौका र ५ छक्का हिर्काए ।
कप्तान पौडेलले पनि १७ अर्धशतक बनाए । अविजित रहेका पौडेलले मात्र २१ बलमा ७ छक्का र ५ चौकाको सहयोगमा ६९ रन बनाए । ओपनर आशिफ शेख भने १० बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन बनाउँदै आउट भएका थिए ।
चीनका लागि मा क्विनच्याङ र देङ जिङ्क्वीले १÷१ विकेट लिए । अन्य सबै बलरहरुले अत्यधिक रन खर्चिए पनि विकेट भने निकाल्न सकेनन् ।