August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

चीनमाथि नेपालको फराकिलो जित

काठमाडौं । सिंगापुरमा आजदेखि सुरु भएको एसियन गेम्स पुरुष ट्वान्टी–ट्वान्टी छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको हो ।

आइतबार सम्पन्न पहिलो खेलमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो ।

चीनका शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए ।

Advertisement

खेलमा कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो ।