काठमाडौं । कोलम्बियाले विश्वकप २०२६ मा बुधबार नकआउट चरणको यात्रा तय गरेको छ । समूह ‘के’ मा डीआर कंगोलाई १–० ले हराउँदै कोलम्बिया नकआउट चरणमा पुगेको हो ।
स्टाडियो ग्वाडालाजारामा भएको खेलमा ड्यानिएल मुनोजले गरेका हुन् । खेलको ७६ औं मिनेटमा मुनोजले कंगोको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरे ।
लगातार दोस्रो जितपछि कोलम्बियाको छ अंक भएको छ र समूहको शीर्षमा रह्यो । पोर्चुगल चार अंकमा दोस्रो स्थानमा छ ।
कंगो भने एक अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान भने शून्य अंकमा पुछारमा रह्यो र उसको चुनौती समाप्त भइसकेका छ । अब समूह विजेताको निर्णय गर्नका लागि कोलम्बियाले पोर्चुगलको सामना गर्नेछ । अर्को खेलमा कंगो र उज्वेकिस्तान भिड्ने छन् ।