September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

तोलामा ८ सयले बढ्यो सुनकाे भाउ

काठमाडौं : सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ ।  आज छापावाल सुन प्रतितोला प्रतितोला ८ सयले बढेर  ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ पुगेको छ। 

चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेर १ हजार ३ सय ३० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

Advertisement