September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

काठमाडौं– नेपाल राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी देवकुमार ढकालले पाएका छन्।

मंगबारदेखि लागू हुने गरी ढकाललाई प्रवक्ता तोकिएको नेपाल राष्ट्र बैक गभर्नरको कार्यालयले जानकारी दिएको छ।

व्यवस्थापन विषयमा स्नातकोत्तर ढकालले राष्ट्र बैंकका विभिन्न विभागमा २५ वर्ष काम गरेका छन्। ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन्।

Advertisement

यसअघिका प्रवक्ता डा गुणाकर भट्टलाई जिम्मेवारीबाट हटाइएपछि रिक्त स्थानमा ढकाललाई ल्याइएको हो।