September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

सुनको मूल्य बढ्यो, सस्तियो चाँदी

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

बुधबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement

सुनको मूल्य सामान्य बढेको दिन  चाँदीको मूल्यमा भने गिरावट आएको छ। 

बिहीबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।