August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

स्विस बैंकमा २० हजार ७०० करोडभन्दा बढी भारतीयकाे धन

काठमाडाैं- भारतीय र भारतीय कम्पनीहरूले २०२० मा स्विस बैंकमा धेरै पैसा जम्मा गरेकाे खुलेकाे छ। यो पैसा भारतबाट अवस्थित शाखा र अन्य वित्तीय संस्थामार्फत् पठाइने गरेकाे  जनाइएकाे छ।

समाचार एजेन्सी पीटीआईका अनुसार स्विजरल्याण्डको केन्द्रीय बैंकले बिहीबार वार्षिक तथ्याङक सार्वजनिक गरेकाे थियाे।

तथ्याङकमा २०२० मा स्विस बैंकका भारतीयहरूको पैसा २० हजार ७०० करोड भारुभन्दा बढी पुगेको उल्लेख छ।

Advertisement

२०१९ को अन्त्यमा स्विस बैंकमा भारतीयको पैसा ६ हजार ६२५ करोड थियो। गत दुई वर्षमा यसमा गिरावट आएको थियाे। तर, २०२० मा वृद्धि भएको छ। पछिल्ला १३ वर्षमा यो सबभन्दा ठूलो उछाल हाे।

बैंकका अनुसार भारतीय निक्षेपकर्ताले २००६ मा करीव ६.५ अर्ब जम्मा गराएका थिए।  तर त्यसपछि, भारतीयहरूले २०११, २०१२ र २०१७ बाहेक अन्यबेला स्विस बैंकमा पैसा जम्मा गर्न त्यति चासो देखाएनन्।

तर, २०२० निजी निक्षेपकर्ताले भारतीय निक्षेपमा ४ हजार करोड रुपैयाँ खर्च गरेका थिए, अरु बैंकहरुमार्फत् ३ हजार एक सय करोड जम्मा भएको थियो।