November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

‘डिसेम्बर फल्स’ मा आर्यन र उपासना

काठमाडौं – आर्यन सिग्देलको शीर्ष भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी पनि अनुबन्ध भएकी छिन् ।

फिल्ममा आर्यन र उपासनाको जोडी देख्न सकिने भएको छ । पछिल्लो समय हिट फिल्म दिन नसकेका आर्यन र हिट फिल्म दिएकी उपासनाको यो फिल्मले सफलता पाउने अपेक्षा गरिएको छ ।

आर्यनलाई दर्शकलाई लभर ब्यायका रुपमा रुचाएका थिए भने उपासनाले अभिनय गरेका यसअघिका दुई फिल्म ‘क्याप्टेन’ र ‘कबड्डी ३’ व्यावसायिक रुपमा सफल भएका थिए ।

Advertisement

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मलाई भारतीय फिल्म उद्योगमा समेत काम गरेका प्रवीण झाले निर्देशन गर्नेछन् ।

फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

निर्माण टिमका अनुसार फिल्ममा अन्य कलाकारको चयन हुन बाँकी छ ।