August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भने सुधार

काठमाडाैं- आइतबार उच्च अंकले बढेको नेप्से आज उच्च अंकले नै ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.९८ अंकले गिरावट भइ २८५४.८४ विन्दुमा कायम भएको छ।

आइतबार नेप्से ७४.७ अंकले बढेको थियो। परिसूचक घटे पनि आज कारोबार रकम बढेको छ।

नेप्सेमा आज कूल नाै अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२९ वटा कम्पनीका दुई करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९२ हजार १९२ पटक खरिद-बिक्री भएका थिए।

Advertisement

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले घटेर ५३४.८५ विन्दुमा कायम भएको छ।

आज समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.२४ प्रतिशतका दरले कमाउँदा युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.३३ प्रतिशतका दरले गुमाएका छन्। 

आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सेयर सबैभन्दा धेरै ४७ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा नबिल इक्युटी फण्ड सबैभन्दा धेरै १९ लाख ८७ हजार ६०९ कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार १७५ पटक किनबेच भएका थिए।

आज म्युच्युअल फण्डबाहेक सबै समूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।