काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको शव भेटिएको छ ।
बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा बेवारिसे अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।
शव अर्ध नग्न अवस्थामा भेटिएको छ । बागमती खोलाले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको हो ।
शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।