November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

नेकपा माओवादी केन्द्रले टुङ्गो लगायो मन्त्रीहरुको नाम

काठमाडौ । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवको नाम टुंगो लगाइएको स्रोतले जनाएको छ । ४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् । पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् । यस्तै बोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।

यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ ।

Advertisement

आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।