November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रभु साहले पुरानै नेकपालाई ब्युँताउने, ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार

काठमाडौं । पूर्वमन्त्री प्रभु साहले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका उनी एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् ।

केपी ओलीले आफ्ना ८ बुँदे मागहरू पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुँदा एमालेमा रहन नसक्ने साह निकट एकजना नेताले बताए ।

साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको र ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसकेको स्रोतले जनाएको छ । अब केही दिनमै घोषणा तयारी रहेको बताएका छन् ।

Advertisement

यसअघि प्रभु साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा पनि चलेको थियो । तर, माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएको भन्दै साहले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो । तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।