November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार छन् : रामनारायण बिडारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै बिडारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार भएतापनि आफ्नो पार्टीले महाभियोग लगाउनेबारे कुनै छलफल नगरेको बताए । विडारीले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए ।

‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’, उनले भने ।

Advertisement

न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरूबीच द्वन्द्व चल्नु विडम्बनाको अवस्था भएको पनि बताए । प्रधानन्यायाधीश जबराले आज न्यायाधीशहरूसँगको भेटमा आफू संविधानअनुसार नियुक्ती भएका र हटाउने भएपनि संवैधानिक प्रक्रियाअनुसार हटाउ भन्नु भनेको महाअभियोग फेस गर्न तयार छु भनेको पनि उल्लेख गरे ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पारे । त्यसमाबरे बैठक पनि नबसेको उनको भनाई थियो ।

यसैगरी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टी प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्ने पक्षमा नभएको स्पष्ट पारे ।