August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

बुधबार सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने दैनिक रुपमा घट्दै

काठमाडाैं । बुधबार नेप्से सूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से सूचक ५.२८ अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ।

नेप्से सूचक सामान्य बढेपनि पछिल्लो केहि दिन यता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ। गत आइतबार ५ अर्ब बढीको शेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ३ अर्ब ३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। बुधबार भने कारोबार रकम पनि ३ अर्बभन्दा तल झरेको छ। बुधबार ५३ लाख १० हजार २१५ कित्ता शेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँमा खरिद बिक्री भएको छ।

मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा पुनः बिक्री चाप बढेको छ। समीक्षामा लगानीकर्ताले अपेक्ष गरे अनुसारको नीति नआएपछि नेप्से सूचक घट्न थालेको हो। बुधबार नेप्से सूचक बढेर २६५० विन्दुसम्म पुगेको भए पनि सो बृद्धि टिक्न सकेन। अन्तिम समयमा नेप्से सूचक सामान्य अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ।

Advertisement