November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाली काँग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरू

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरू हुने भएको छ । मतगणना शनिबार बिहान १० बजेदेखि सुरु हुने भनिएतानि केहीबेर ढिलो गरी सुरू भएको हो ।

निर्वाचन समितिका अनुसार आइतबार भएको निर्वाचनमा खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

नेपाली काँग्रेस १४औं महाधिवेशनमा यसअघि नै सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन् ।

Advertisement