November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

दुई दिन लम्बियो माओवादी केन्द्रको महाधिवेशन

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन दुईदिन लम्बिएको छ । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि अधिवेशनको समयसमेत बढाउने निर्णय गरेको हो।

स्रोतका अनुसार आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले ११ देखि १३ सम्म हुने कार्यक्रम २ दिन थप गर्ने निर्णय गरेको छ ।

यसअघि आजको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ।

Advertisement