November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज बस्ने

काठमाडौं । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा संयोजक रामचन्द्र पौडेलसहित सत्तागठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

स्रोतकाक अनुसार आजको बैठकमा चुनावको मिति तय गर्नेबारे छलफल हुनेछ । बैशाखमा स्थानीय तह वा संघीय कुन चुनाव वैशाखमा गर्ने भन्ने निर्णय भइसकेको छैन । स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय तह निर्वाचन पहिले गर्नुपर्ने हुन्छ ।

Advertisement