November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

ललितपुरका एमाले पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश

भक्तपुर । ललितपुरका एमाले पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

हाल बागमती प्रदेश कमिटी सदस्य रहेका सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए ।

उनी ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए । सिलवाल साविकको गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए ।

Advertisement