काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा छ ।
कार्यसम्पादन समितिको पदेन सदस्यसमा भापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता हुनेछन् ।
काँग्रेसमा अहिले १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्न बाँकी छ । यस्तै संसदीय दलको नेता सभापति देउवा नै भएकाले काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुने छ। सभापति देउवाले केही सदस्य पछि थप्ने गरी आज कार्यसम्पादन समिति गठन गर्न लागेको हुन् ।
विधान अनुसार यो समितिको बैठक प्रत्येक महिनामा एक पटक बस्नुपर्ने छ