काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । शनिबार दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने बताए ।
कार्कीले भने, ‘स्थानीय तहको निर्वाचन जेठ महिनिाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’