जनकपुर । लामो समयदेखि रिक्त रहेको मधेस प्रदेशको प्रदेशसभामा विभिन्न विषयगत समिति सभापतिहरू चयनका लागि प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ ।
सुचनामा उल्लेख गरिए अनुसार माघ २४ सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।
प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रियाका सूचना जारी गरिएको छ । सूचनामा विषयगत संसदीय समितिहरु सभापतिका लागि उम्मेदवारी दर्ता गराउन सचिवालयले आह्वान गरेको छ ।