काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच एमसीसी, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भइरहेको छ ।
स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न आयोगले स्थानीय सिफारिस गरेको छ । आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने छ ।
पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूका बीचमा मतभेद छ । यस विषयमा निकास खोज्न लागि परेका छन् ।