काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकाेटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सोमबार सिंहदरबारमा सुरु भएको बैठकमा एमाले अनुपस्थित रहेको छ ।
सभामुख सपकोटाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग ल्याएपछिको घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।