काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । सभामुख अग्नि सापकोटाले बैठकका कार्यसूची तय गनबिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् ।
नेपाली काँग्रेसले एमसीसी आज संसदमा टेबुल गर्ने बताएपनि सत्ता गठबन्धनमा भने एमसीसीबारे सहमति जुट्न सकेको छैन । संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७÷७८ प्रतिनिधि सभामा पेश गर्ने मात्रै उल्लेख छ । एमसीसीको विषय भने उल्लेख गरिएको छैन ।