November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

जसपाको बैठकमा एमसीसीको सम्झौतापत्र वितरण, शनिबार छलफल

२०७८ फाल्गुन १३

ललितपुर । चासोका साथ हेरिएको एमसीसीबारे जनता समाजवादी पार्टी नेपाल (जसपा)ले शनिबार मात्र छलफल गर्ने भएको छ । जसपाको कार्यकारिणी समितिको वैठक अहिले शुक्रबारदेखि ललितपुरमा बसिरहेको छ ।

शुक्रबारको बैठकमा एमसीसी सम्झौता पत्र नेताहरुलाई वितरण गरिएको र यसबारे शनिबार छलफल हुने जसपाका एक नेताले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको छ । त्यसका लागि शनिबार मध्यान्ह १२ बजेका लागि बैठक राखिएको छ ।

बैठकका लागि १२ एजेण्डा
जसपाको कार्यकारिणी बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएका छन् । पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय गरेर छलफल सुरु भएको हो ।

Advertisement

स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गरिने
शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ । सरकारले वैशाख ३० गते स्थानीय निर्वाचन तोकेको छ ।