November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

सैलुनभित्र देह व्यापार चलाएको अभियोगमा भारतबाट एक नेपाली पक्राउ

२०७८ फाल्गुन १५

काठमाडौं । भारतको मुम्बईमा बसोबास गर्दै आएका एक नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारको र्‍याकेट चलाएको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो सैलुनभित्र देह व्यापार चलिरहेको प्रहरीले आशंका गरेको छ । 

Advertisement