November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यसअघिनै पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय गरिसकेको छ । आजको बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ ।

Advertisement