-सन्देश लिम्बु
मकाउ । आगामी वैशाख ३० गतेबाट देशभर हुन गइरहेको स्थानीय निर्वाचनको लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार जनसम्पर्क समिति मकाउका सभापति चण्डी प्रसाद योङ्यालाई पदनीय सदस्य र समितिका संरक्षक तथा सल्लाहकार सुदर्शन थापामगरलाई सदस्यमा नियुक्त गरिएको छ ।
आउँदो स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै मकाउमा पनि सभापति चण्डी प्रसाद योङ्याको संयोजकत्वमा जनसम्पर्क समिति मकाउको चुनाव प्रचारप्रसार उप–समिति पनि गठन भएको छ । गठित उपसमितिको संयोजकमा नवराज पराजुली तथा प्रवास मिडिया समन्वय संयोजकमा निर्मला थापामगर नियुक्त भएकी छन् ।

त्यस्तै, कुमार शर्मा, भुवल गुरुङ, भरत भट्टराई, मोहनसिं पन्थ, ज्ञानेन्द्र राउत, सन्देश लिम्बु र संगीत खनाल लगायतका समितिका अन्य पदाधिकारीहरू प्रचारप्रसार उपसमितिको सदस्यमा नियुक्त भएका छन् ।