काठमाडमौं । पाँचदलीय सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावी आमसभा गर्ने भएका छन् । सभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् ।