November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

देशभर काँग्रेसको सुरुवाती अग्रता

काठमाडौं । शनिबार बिहान ७ बजेसम्म देशभरिमा काँग्रेसले अग्रता लिएको छ । गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर÷अध्यक्षमा काँग्रेसले अग्रता लिएको छ ।

दोस्रोमा एमाले र तेस्रो स्थानमा अग्रता लिएको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १७ स्थानमा अग्रता लिएको छ ।

एकीकृत समाजवादी, जसपा र अन्यले २–२ स्थानीय तहमा अग्रता लिएका छन् ।

Advertisement

यस्तै, उपप्रमुख÷ उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि काँग्रेस नै अगाडि छ । काँग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपमेयर÷उपाध्यक्षमा अग्रता लिएका छन् । एकीकृत समाजवादी र अन्यले २–२ स्थानमा अग्रता लिएका छन् ।