गुल्मी । गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । पालिकाको अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेंगा विजयी भएका हुन् ।
अध्यक्षमा विजयी थापाले ६ हजार १ सय ६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा ढेंगाले ६ हजार २ सय ७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गरिन् ।
अध्यक्ष र उपाध्यक्षसँगै गुल्मी दरबारका ४ वटा वडा नेपाली काँग्रेसले जितेको छ भने ३ वटा वडाअध्यक्षमा एमाले विजयी भएको छ ।