डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको उक्त नगरपालिकाको प्रमुखमा काँग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।
काँग्रेस बिपीका हरि भट्टलाई पराजित गरि जोशी विजयी बनेका हुन् । जोशीले ३ हजार ६१९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ३ हजार ४२६ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा झुकालले ३६७८ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले ३०८५ मत ल्याए ।