काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीको बैठक आज बस्दैछ । पार्टीका भ्रातृ संस्थाको विधानबारे छलफल गर्न दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।
बैठकमा कार्यव्यस्तताका कारण सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित नहुने स्रोतले जनाएको छ । बैठक सञ्चालन उपसभापति पुर्णबहादुर खड्काले गर्नेछन् ।
दुई महिनादेखि काँग्रेसमा औपचारिक छलफल र बैठक बसेको छैन । शेखर कोइराला पक्षका पदाधिकारीहरुले सभापति देउवाले पार्टीमा छलफल गर्नै नचाहेको आरोप लगाउन थालेका छन् ।
सभापति देउवाले असार २७ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकअघि बैठकको तयारीका विषयमा छलफल गर्न पदाधिकारीहरुको बैठक बस्न लागेको जनाइएको छ ।